नेभिगेशन
सुरक्षा विशेष

अमेरिकाबाट ३७ जना डिपोर्ट भएर काठमाडौं आइपुगे, हातमा ब्याग होइन,थियो बोरा

काठमाडौँ। अध्यागमन कानून उल्लंघन गरेको भन्दै अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपाली गए राति काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आइपुगेका उनीहरूलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएको थियो। डिपोर्ट गरिएका नेपालीमध्ये ३२ पुरुष र ५ महिला रहेका छन्।

नेपाल आइपुग्दा उनीहरूको अवस्था कारुणिक देखिएको थियो । उनीहरूमध्ये अधिकांशले बोरा बोकेर फर्केए भने कोही रित्तो हात फर्किएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरूमाथि कडाइ गर्दै आएको छ।

भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरूलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"