नेभिगेशन
नेपाल प्रहरी

खजुरा प्रहरीले फिर्ता गर्‍यो फेला परेको मोबाइल र पैसासहित ब्याग सम्बन्धित धनीलाई

बाँके । बाँकेको खजुरास्थित इलाका प्रहरी कार्यालय धनौलीले फेला परेको मोबाइल, ब्याग र रकम सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

आज बिहान खजुरा गाउँपालिकाको १ नम्बर बजारदेखि एफ गाउँ जाने क्रममा सुर्खेतको वीरेन्द्रनगर-५ की २५ वर्षीया पुनम रसायलीले हराएको मोबाइल लगायतका सामग्रीको खोजतलास गर्ने क्रममा फेला पार्दै पुनमलाई आज इलाका प्रहरी कार्यालय फिर्ता गरेको हो।

इलाका प्रहरी कार्यालय धनौलीका अनुसार हराएको पुनमको ब्याग, स्याम्सुङको मोबाइल र ४ हजार रुपैयाँ आजै हस्तान्तरण गरेको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्