नेभिगेशन
नेपाल प्रहरी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलोबढी सुनसहित एक भारतीय पक्राउ

काठमाडौं । एक किलो बढी सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीका सुनसहित पक्राउ पर्नेमा ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेकी छिन् । उनलाई गए राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको जनाएको छ।

विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । अर्धठोसको स्वरुपमा उक्त सुन ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आएकी उनलाई शंका लागेर जाँच गर्दा सुन फेला परेको प्रहरीले बताएको छ । प्लाष्टिकले र्‍याप गरेका तीन वटा डल्ला अर्धठोस सुन उनीबाट बरामद भएको छ ।

पक्राउ परेकी उनलाई थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्