नेभिगेशन
नेपाल प्रहरी

बाँकेबाट ब्राउन सुगर र प्रतिवन्धित औषधिसहित दुई युवक पक्राउ

बाँके। बाँकेको  कोहलपुर र नेपालगन्जबाट प्रहरीले ब्राउन सुगर र प्रतिवन्धित औषधि सहित दुई युवकलाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले 
कोहलपुर नगरपालिका-२ विकासनगरबाट ७० मिलिग्राम ब्राउन सुगरसहित सोही स्थानकै २३ वर्षीय डिल बहादुर पुन मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

त्यसैगरी प्रहरीले नेपालगन्ज  उप-महानगरपालिका-१५ स्थित  जमुनाह नाकामा प्रतिवन्धित औषधिसहित एक युवकलाई पक्राउ गरेको छ।

आज जमुनहा नाकाबाट चेकजाँच का क्रममा जुम्लाको चन्दननाथ नगरपालिका-१० का हृदेश खत्रीलाई १ सय ९६ पत्ता ट्रामाडोल (१९ सय ६० क्याप्सुल) सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। 

शुक्रवार साँझ पक्राउ परेका पुन मगरलाई हिरासतमा लिएर लागुऔषध कसुरमा इलाका प्रहरी कार्यालय कोहलपुरले र खत्रीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्