नेभिगेशन
नेपाल प्रहरी

गाँजा मुद्दाका आरोपीलाई बचाउन लाग्दा खोसियो सप्तरीका एसपी खतिवडाको जिम्मेवारी

काठमाडौं । सप्तरीका एसपी ढकेन्द्र खतिवडा तानिएका छन् । आर्थिक चलखेलमा मुछिएर विवाद आएपछि एसपी खतिवडालाई प्रहरी प्रधान कार्यालयले सप्तरी प्रमुखको जिम्मेवारीबाट हटाउँदै बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा  गरेको छ ।

प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले एसपी खतिवडामाथि केही बुझ्नु पर्ने भएकाले बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको बताए।

एसपी खतिवडाले गाँजा मुद्दाका एक आरोपीलाई पक्राउ नगर्ने सर्तमा वरिष्ठ सई विश्वनाथ साहमार्फत लाखौं रकम लिएको आरोप छ । गाँजा कसुरमा जोडिएमा जोगानन्द मण्डललाई पक्राउ नगर्ने सर्तमा उनका भाइ अखिलेशसँग ४ लाख रुपैयाँ लिएको आरोप छ । यही विषयमाथि छानबिन सुरु गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले बताएको छ ।

प्रहरी प्रधान कार्यालयले उनको स्थानमा एसपी गौतम केसीलाई सप्तरी प्रहरी प्रमुख बनाएर पठाएको छ। एसपी केसी पनि धादिङ प्रहरी प्रमुख भएका बेला प्रहरी प्रधान कार्यालय तानिएका थिए।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्