नेभिगेशन
नेपाल प्रहरी

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने ५६ वर्षीय खडानन्द साइबर ब्यूरोको नियन्त्रणमा

काठमाडौं। प्रहरीले सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्र थानेस्थित कश्मिरा रोड घर भएका ५६ वर्षीय गोपाल प्रसाद खडानन्द गौली रहेका छन् ।

फेसबुकमा साथी बनेर म्यासेन्जरमा कुराकानी हुने गरेको र प्रत्यक्ष भेटघाटका क्रममा पीडितसँग खिचेका तस्विर देखाई बदनाम गराउने उद्देश्य राखी भिडियो बनाई युट्युबमा प्रसारण गरी चरित्र हत्या गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न गोपाललाई काठमाडौं महानगरपालिका-९ तिलगंगाबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

उनी उपर विद्युतीय  कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन  म्याद थप अनुमति लिएर थप  आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्