नेभिगेशन
नेपाल प्रहरी

बीपी चोकबाट ई-रिक्सामा प्रतिवन्धित औषधि लिएर आउँदै गरेका चालक अजय प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले ई-रिक्सामा लुकाएर ल्याइएको प्रतिवन्धित औषधिसहित एक जनालाई पक्राउ गरेको छ। भारतबाट ल्याइएको प्रतिवन्धित औषधिसहित प्रहरीले रिक्सा चालक २७ वर्षीय अजय बिकलाई पक्राउ गरेको जानकारी दिएको छ।

सीमावर्ती भारतीय बजारबाट आज बिहान रिक्सामा लुकाएर ल्याइएको फेनारगन ११० पिस, डाइजापाम ४७ पिस, बुप्रेनर्फिन ११० पिस र कोरेक्स ६३ पिस प्रतिवन्धित औषधि लिएर आउँदै गरेको ना १ ह ७८९३ नम्बरको ई–रिक्सा र रौतहटको चन्द्रपुर नगरपालिका–४ का २७ वर्षीय अजयलाई नियन्त्रणमा लिएको रौतहट प्रहरीले जानकारी दिएको छ। 

ई-रिक्सा चलाएर आउँदै गरेका अजयलाई गौर नगरपालिका-३  बी.पी. चौकमा चेकजाँच गर्ने क्रममा उक्त परिमाणको प्रतिवन्धित औषधि फेला पारेको प्रहरीले जनाएको छ।

पक्राउ परेका अजयलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा ल्याएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्