नेभिगेशन
नेपाल प्रहरी

बर्दियाको राजापुरबाट अफिमसहित दुई भारतीय युवक प्रहरीको नियन्त्रणमा

बर्दिया। प्रहरीले बर्दियाको  राजापुरबाट अफिमसहित २ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार राजापुर नगरपालिका-४ भन्सार चोकबाट ३ ग्राम ३ सय मिलिग्राम अफिम सहित २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको लखिमपुर थाना तिकुनिया बस्ने ३६ वर्षीय गुरूपाल सिंह र भारतको निगोरी साजानपुर बस्ने २८ वर्षीय अमृत पाल सिंह रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले युपी ३१ बिएल ८६३६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक गुरूपाल र मोटरसाइकलमा सवार अमृतलाई पक्राउ गरेको हो । 

पक्राउ परेका दुई जनाविरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बर्दियाले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्