नेभिगेशन
नेपाल प्रहरी

दुई बालिकालाई बलात्कार गर्बे दुई युवक र ५३ वर्षीया महिलालाई बलात्कार गर्ने २२ वर्षीय युवक पक्राउ

काठमाडौं । प्रहरीले दुई बालिका र एक महिलालाई बलात्कार गरेको आरोपमा कैलाली,सुर्खेत र बाराबाट एक-एक जनालाई पक्राउ गरेको छ। 

प्रहरीले कैलालीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कैलारी गाउँपालिका-८ लोहरपुर बस्ने २३ वर्षीय लक्ष्मण बहादुर साउदलाई पक्राउ गरेको छ । लक्ष्मण बहादुरले ती बालिकालाई बलात्कार  गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यसैगरी सुर्खेतमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  बीरेन्द्रनगर नगरपालिका-५ श्रीनगरटोल बस्ने १९ वर्षीय अरूण परियारलाई प्रहरीले पक्राउ गरेको छ । अरूणले ती बालिकालाई बलात्कार  गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी उनलाई पक्राउ गरेको हो । 

यसैगरी बारामा ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा फेटा गाउँपालिका-३ बस्ने २२ वर्षीय कृष्णा साह तुरहालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । कृष्ण साहले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

सम्बन्धित प्रहरी कार्यालय पक्राउ परेकाहरुसँग थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्