नेभिगेशन
नेपाल प्रहरी

२३ लाख रुपैयाँ ठगी र १ करोड बढीको क्रिप्टो कारोबारमा संलग्न दुई युवक पक्राउ

काठमाडौं । प्रहरीले २३ लाख रुपैयाँ बढी रुपैयाँ  ठगी गरेको र सवा करोड रुपैयाँ  बढी क्रिप्टोको कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका-५ घर भएका १९ वर्षीय समीर तामाङ र काठमाडौं गोकर्णेश्वर नगरपालिका–१ सुन्दरी जल बस्ने १९ वर्षकै क्रिस पोखरेल  रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

उनीहरु विरुद्ध काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप भएको छ ।फेसबुक र टेलिग्रामर्फत समीर तामाङ नामको अकाउन्टबाट विदेशमा सञ्चालित फर्निचर कम्पनीमा लगानी गर्दा फाइदा हुने तथा अनलाइन जब लगाइदिने भन्दै प्रलोभन देखाएर २३ लाख १५ हजार रुपैयाँ बैंक खातामा हाल्न लगाएर ठगी गरेको आरोप छ ।

त्यसैगरी उनीहरुले अवैध क्रिप्टो कारोबारमा १ करोड ३१ लाख ६२ हजार ६७५ रुपैयाँ कारोबार गरकेो पाइएको जिल्ला  प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्