नेभिगेशन
नेपाल प्रहरी

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परे वाइसिएल नेता

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) का एक नेता बलात्कार मुद्दामा पक्राउ परेका छन् ।

वाइसिएलका कर्णाली प्रदेश कमिटी सदस्य ३० बर्षीय रेशम खत्रीलाई रुकुम पश्चिम प्रहरीले सानोभेरी गाउँपालिकास्थित एक होटेलबाट पक्राउ गरेको हो। सानेभेरी-२ का खत्रीका बिरुद्ध दुई महिना पहिलै जाजरकोटी एक जना १७ बर्षीया किशोरीले बलात्कार मुद्दा दिएकी थिइन । उनलाई गए राति प्रहरीले पक्राउ गरेको हो।

वाइसिएलका कर्णाली प्रदेश कमिटी सदस्य ३० बर्षीय रेशम खत्री बिहीबार राति रुकुम पश्चिम प्रहरीले सानीभेरी गाउँपालिकास्थित एक होटेलबाट पक्राउ परेका हुन ।

सानोभेरी – २ का खत्रीका बिरुद्ध दुई महिना पहिलै जाजरकोटी एक जना १७ बर्षीया किशोरीले बलात्कार मुद्दा दिएकी थिइन । वाइसिएल रुकुम पश्चिमको चौरजहारीका इन्चार्ज समेत रहेका रेशम त्यसपछि फरार भएका थिए । पछिल्लो समय उनी आफ्नै ठाउँमा आएको गोप्य सूचनको आधारमा एक होटेलमा बसेको खुलेपछि होटेलबाटै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रेमश बिष्टले बताए ।

प्रहरीका अनुसार २०७९ चैतमा चौरजहारीको एक होटेलमा पुर्‍याएर रेशमले आँफुलाई बलात्कार गरेको कुरा पीडितले जोहरीमा उल्लेख गरेकी छन् ।

त्यो बलात्कार पछि गर्भ रहन गइ उनले छोरीलाई समेत जन्म दिइसकेकी छन् । यो बीचमा रेशमले आँफुलाई जाहेरी नदिन मानसिक रुपमा दबाब दिने गरेको पीडितले बताएकी छन् ।

गएराति पक्राउ परेका रमेशलाई प्रहरीले आज अदालतबाट म्याद थप गरेको जानकारी दिएको छ । म्याद थप गर्दै प्रहरीले  बलात्कार मुद्दामा अनुसन्धान अगाडि बढाउने जानकारी दिएको छ ।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्