नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जबाट २० ग्राम बढी खैरो हेरोइनसहित भारतीय युवक प्रहरीको नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट २० ग्राम बढी खैरो हेरोइनसहित प्रहरीले भारतीय युवकलाई पक्राउ गरेको छ। 

नेपालगन्जस्थित लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको टोलीले शनिबार साँझ २० ग्राम ९२० मिलिग्राम खैरो हेरोइनसहित भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लाको केवलपुरका २४ वर्षीय मोहम्मद आरिफलाई पक्राउ गरेको हो।

खैरो हेरोइनको कारोबार भइरहेको विशेष सूचना पाएर गएको लागुऔषध ब्यूरोको टोलीले आरिफलाई नेपालगन्ज-२ बागेश्वरी मन्दिरको पूर्वी गेटबाट उक्त परिमाणको खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

लागुऔषध नियन्त्रण  ब्यूरोको टोलीले पक्राउ परेका आरिफ र बरामद गरिएको खैरो हेरोइनलाई आबश्यक कारबाही तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाएको बाँके प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्