नेभिगेशन
नेपाल प्रहरी

इन्स्पेक्टर नेपालीद्वारा इलाका प्रहरी कार्यालय रामपुरको निरीक्षण, इमानदारीपूर्वक काम गर्न निर्देशन

पाल्पा। इलाका प्रहरी कार्यालय रामपुर,पाल्पाका प्रमुख इन्स्पेक्टर राम बहादुर नेपालीले कार्यालयको निरीक्षण गरेका छन् ।

साताब्यापी निरीक्षणका क्रममा आज बिहान इन्स्पेक्टर नेपालीले प्रहरी कर्मचारीको व्यक्तिगत टर्नआउटको हेर्दै कार्यालय परिसरको जाँच गरेका हुन् ।

निरीक्षणका क्रममा इन्स्पेक्टर नेपालीले इलाका प्रहरी कार्यालय रामपुरको प्रहरी हिरासत कक्ष,प्रहरी मेष,ब्यारेक लगायत कार्यालयका सबै शाखाहरुको अवलोकन गरेका छन् ।

इन्स्पेक्टर नेपालीले निरीक्षण गर्दै सबैभन्दा पहिला कर्मचारीको चालचलन सहि हुनुपर्ने बताउँदै संगठनले दिएको जिम्मेवारीलाई कर्तव्यनिष्ठ र इमानदारीपूर्वक निभाउन निर्देशन दिएका थिए।

गलत कार्य जो सुकै भएपनि कानुनको दायरा ल्याउन पछि नहट्न इन्स्पेक्टर नेपालीले कार्यालयका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका थिए।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्