नेभिगेशन
नेपाल प्रहरी

बर्दिया प्रहरीको निरीक्षण गर्दै एसपी खनालद्वारा इन्स्पेक्टरको दर्ज्यानी चिन्ह प्रदान

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दिया प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले कार्यालय परिसरको  निरीक्षण गरेका छन् ।

एसपी खनालले आज बिहान साताब्यापी निरीक्षण गर्दै जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत प्रहरी कर्मचारीलाई कर्तव्यनिष्ठ भएर कार्य गर्न निर्देशन दिएका हुन् । 

निरीक्षणका क्रममा सबैभन्दा पहिला कर्मचारीको व्यक्तिगत टर्नआउटको हेर्दै कार्यालय परिसरभित्रको सरसफाइको समेत जाँच गरेको बर्दिया प्रहरीले जानकारी दिएको छ।  यसैगरी, खनालले प्रहरी कार्यालयमा रहेको हिरासत कक्ष,प्रहरी मेष,ब्यारेक लगायत कार्यालयका सबै शाखाहरुको अवलोकन गरेका हुन् ।

एसपी खनालले निरीक्षण गर्दै सबैभन्दा पहिला कर्मचारीको चालचलन सहि हुनुपर्ने बताएका थिए। उनले भने-"संगठनले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निभाउनुका साथै गलत कार्य गर्ने जो सुकै भएपनि कानुनको दायरा ल्याउन पछि नहट्न निर्देशन दिएका थिए।

साथै उनले आवश्यक सुधार गर्नुपर्ने  कार्य तथा कारबाहीलाई समयमै सम्पन्न  गर्न निर्देशन समेत दिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

यस्तै एसपी खनालले प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) बाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा पदोन्नति भएका राजन कुमार मल्ललाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्