नेभिगेशन
नेपाल प्रहरी

महिलाहरुको अश्लील फोटो र भिडिओ बनाउँदै बिक्री गर्ने सुर्खेतका रमेश पक्राउ

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरका  २९ वर्षीय रमेश थापालाई प्रहरीले महिलाहरुको अश्लील सामग्री बनाएर बिक्री वितरण गरेको आरोपमा पक्राउ गरेको छ।

नेपाल लगायत अन्य देशमा रहेका नेपाली महिला र पुरुषहरूलाई रकम लिएर भिडियो कलमार्फत अश्लील क्रियाकलापमा सहभागी गराउने र त्यसपछि महिलाहरूका अश्लील फोटो तथा भिडियो बनाएर बिक्री वितरण गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका-६ का २९ वर्षीया थापालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

प्रहरीमा सबै प्रमाणका साथ परेको जाहेरीका आधारमा र प्रहरीको प्रारम्भिक अनुसन्धानमा थापा उक्त कार्यमा संलग्न रहेको प्रमाण फेला परेपछि  जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको हो।

काठमाडौंस्थित टोखा नगरपालिका ग्राण्डी नजिक बस्ने थापालाई असार १३ गते साँझ पक्राउ गरेर काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर उक्त कसुरका थप अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्