नेभिगेशन
नेपाल प्रहरी

पेस्तोलसहित गौशालाबाट दाजुभाइ प्रहरीको नियन्त्रणमा

काठमाडौँ । प्रहरीले कटुवा पेस्तोलसहित सहोदर दाजुभाइलाई नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंले दिएको जानकारी अनुसार काठमाडौँको गौशालाको तिलगंगाबाट पेस्तोलसहित  महोत्तरी घर भएका सुरेशकुमार राम र दिनेशकुमार राम पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट एउटा पेस्तोल र दुई थान म्यागजिनका साथै एउटा वाकिटकी सम्व्त बरामद गरेको  काठमाडौँ प्रहरी परिसरले जनाएको छ। 

पक्राउ परेका उनीहरूसँग थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्