नेभिगेशन
नेपाल प्रहरी

नक्कली महिला प्रहरीको नक्कली सुनको धन्दा,११ लाख ठग्दा दिलमाया प्रहरी हिरासतमा

काठमाडौं । नक्कली सुन धितो राखेर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुरको राधेराधे बस्दै आएकी रामेछापको लिखु तामाकोसी गाउँपालिका-६ घर भएकी ४२ वर्षीया दिलमाया मगर रहेकी छिन् । दिलमायाले नक्कली सुन धितो राखेर ११ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार  दिलमायाले नक्कली सुन धितोमा राखेर सुन व्यवसायीहरूसँग पटक-पटक गरी लाखौं रुपैयाँ  ठगी गर्ने गरेको सूचना आउँदै गर्दा आइतबार मात्र दिलमायाले थप रकम आवश्यक परेको भनी सुन पसलमा आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले दिलमायाको साथबाट १२ थान सुन जस्तो देखिने नक्कली माइली तिलहरी, १६ थान नक्कली छड्के तिलहरी, विभिन्न सुनचाँदीका १२ थान बिल र २ थान मोवाइल बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

ठगी कार्यमा मस्त दिलमायाले प्रहरी पोसाकको दुरुपयोग गरी नक्कली प्रहरी बन्दै विभिन्न व्यवसाथीहरूलाई डर त्रास देखाउने गरेको समेत प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ।

पक्राउ परेकी दिलमायाविरुद्ध ठगीसम्बन्धि मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर आबश्यक अनुसन्धान गरिरहेको काठमाडौं प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्