नेभिगेशन
नेपाल प्रहरी

दुई वर्ष जेल सजाय पाएका फरार प्रतिवादी उमेशकुमार भालुबाङ क्षेत्रबाट पक्राउ

दाङ । बैंकिङ कसुर मुद्दाका दुई बर्ष कैद तोकिएका एक फरार प्रतिबादीलाई प्रहरीले  पक्राउ गरेको छ।

दाङस्थित राप्ती गाउँपालिका–४ का ५२ वर्षीय उमेशकुमार चौधरी पक्राउ परेका हुन । जिल्ला अदालत दाङले २०८१ मंसिर ७ गतेको फैसला अनुसार बिगो वापत २ बर्ष कैद सजाय फैसला सुनाएको थियो । त्यसयता उनी फरार थिए ।

इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले बुधबार दिउँसो चौधरीलाई घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको बताए ।

पक्राउ परेका चौधरीलाई अदालतमा पेश गरिएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्