नेभिगेशन
नेपाल प्रहरी

युके पठाउने भन्दै १ करोड २० लाख रुपैयाँ बढी ठगी गरेको आरोपमा प्रभाष पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर युके पठाइदिने भन्दै लाखौं रुपैयाँ रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई  पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२५ बस्ने ४० वर्षीय प्रभाष रिसाल रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

युके पठाइदिने भन्दै पीडितहरूबाट प्रभाषले १ करोड २० लाख ४४ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा उनलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालय एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन् ।

एसपी आचार्यका अनुसार  प्रभाषलाई लुकिछिपी बस्दै आएको अवस्थामा ललितपुर महानगरपालिका-४ एकान्तकुनाबाट पक्राउ गरिएको हो । 

पक्राउ परेका प्रभाषलाई अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको एसपी आचार्यले जानकारी दिए।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्