नेभिगेशन
नेपाल प्रहरी

बढैयातालको कर्णालीपुरबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ

बर्दिया । बर्दियाको बढैयातालबाट प्रहरीले ब्राउन सुगरसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बढैयाताल गाउँपालिका-७ कर्णालीपुर सडकबाट १ ग्राम ब्राउन सुगरसहित बढैयाताल गाउँपालिका - पडरियाका २२ वर्षीय आकाश बहादुर मगर र सोही स्थानका २८ वर्षीय देव सिंह ठकुरीलाई पक्राउ गरिएको हो।

भारतको सीमावर्ती बजार बेलगाउँबाट ब्राउन सुगर लिएर आउँदै गरेका उनीहरुलाई चेकजाँच का क्रममा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

पक्राउ परेका दुबै जनालाई बर्दिया जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी लागुऔषध कसुरमा अनुसन्धान गरिरहेको बर्दिया प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्