नेभिगेशन
नेपाल प्रहरी

दुई भारतीय नागरिक लूट्ने गिरोहका तीन जना पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जना भारतीय नागरिकलाई लूटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौँको नयाँ बसपार्कमा भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा गिरोहका काभ्रेको नमोबुद्ध घर भएर सोह्रखुट्टे बस्ने २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरणकुमार मोक्तान र २८ वर्षीय नीलकुमार तामाङलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन् ।

एसपी आचार्यका अनुसार पक्राउ परेका उनीहरुले ठमेलबाट ‘होटल खोज्न सहयोग गर्छौं’ भनेर दुई जना भारतीयलाई नयाँ बसपार्कमा लगेर लुटपाट गरेका थिए।ती दुई भारतीय नागरिकलाई  उनीहरू तीन जनाले नयाँ बसपार्कस्थित ध्रुबतारा कम्प्लेक्सको छैटौँ तलामा लगेर कुटपिट गर्दै लूटपाट गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी आचार्यले बताए ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएर थप अनुसन्धान गरिरहेको एसपी आचार्यले जानकारी दिए।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्