नेभिगेशन
नेपाल प्रहरी

किराना पसलको आवरणमा डेढ अर्ब रुपैयाँ बढीको अवैध क्रिप्टोकरेन्सी कारोबार,दुई भारतीय पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरको सानेपाबाट किरान पसलको आवरणमा गरिएको डेढ अर्ब  रुपैयाँ बढीको अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न २ जनमा भारतीय नागरिक पक्राउ परेका छन् । 

१ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भारतीय नागरिक रुपेश कुमार गुप्ता  र बिपिन कुमारलाई आज सार्वजनिक गरेको हो।

सोमबार पक्राउ परेकामध्ये गुप्ता भारतको बिहार राज्य मोतिहारीका स्थायी बासिन्दा हुन् भने कुमार पूर्वी चम्पारण, बिजबनीका हुन्। दुवै हाल ललितपुर सानेपामा बसोबास गर्दै आएका थिए ।

उनीहरुले राजतीर्थ ट्रेडर्स नाम गरेको किराना पसलको आवरणमा हुण्डीको समेत कारोबार गरेको पाइएको ब्युरोका सूचना अधिकारी युजराज खड्काले जानकारी दिए ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्