नेभिगेशन
नेपाल प्रहरी

अजरबैजानबाट आएका भारतीय नागरिक ३ किलो कोकिनसहित त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अजरबैजानदेखि आएका एक भारतीय नागरिकलाई ३ किलो बढी कोकिनसहित प्रहरी पक्राउ गरेको छ।  लागुऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभलतर्फको पार्किङ एरियाबाट भारतीय नागरिक अब्दुस समद जमल मन्सुरीलाई ३ किलो ४ सय ग्राम कोकिनसहित पक्राउ गरेको हो।

दुई दिनअघि कतार एयरवेजको उडानमार्फत अजरबैजानबाट काठमाडौं अवतरण भएका मुम्बईका मन्सुरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभलतर्फको पार्किंङ एरियाबाट पक्राउ गरिएको ब्युरोका एसएसपी कृष्ण कोइरालाले जानकारी दिएका छन् ।

एसएसपी कोइरालाका अनुसार विमानस्थलमा खटिएको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले यात्रुको ‘क्रिमिनल प्रोफाइलिङ’ क्रममा उनीमाथि शंका ग्रेको थियो । त्यसक्रममा पार्किङमा जाँच गर्दा उनले बोकेर ल्याएको झोलाभित्र कोकिन बरामद भएको हो।

पक्राउ परेका मन्सुरीलाई लागुऔषध कसुरमा म्याद  थप गरेर आबश्यक अनुसन्धान जारी रहेको एसएसपी कोइरालाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्