नेभिगेशन
नेपाल प्रहरी

नक्कली पेस्तोल देखाएर ७ लाख रुपैयाँ र आइफोन लुटेर भागेका ४ जना पक्राउ

काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली पेस्तोल देखाएर ७ लाख रुपैयाँ लुटेर  भागेका चार जनालाई पक्राउ गरेको छ । 

अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका- ३ धार्पा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपववालिका- १ बोडे बस्ने २८ वर्षिय पर्वत तामाङ भन्ने कर्म वाङगेल पाइन,सिन्धुपाल्चोककै बाह्रबिसे नगरपालिका- ३  धार्पा घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका-१ बोडे बस्ने बर्ष २५ वर्षिय प्रकाश तामाङ भन्ने सुर्य बहादुर पाइन रहेका छन् ।

त्यसैगरी घटनामा संलग्न रहेका सिन्धुपाल्चोककै बाह्रबिसे नगरपालिका-३  धार्पा घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका-१ बोडे बस्ने ३६ वर्षिय सागर भन्ने सन्तबिर पाइन र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका- ३ धार्पा घर भई हाल ललितपुर महानगरपालिका- १६ धापाखेल बस्ने ३५ वर्षिय बिष्णु कुमार रुम्बा रहेको एसपी आचार्यले बताए ।

उनीहरुले पीडित व्यक्तिलाई आफूहरुसँग ६ हजार अमेरिकी डलर रहेको र ७ लाख नेपाली रकम दिनु भन्दै गत आइतबार भक्तपुरको चागुँनारायण नगरपालिका- ४ हलछाप स्थित एकान्त जंगलमा लगेर ५-६ जनाको समूहले नक्कली पेस्तोल देखाई पीडितको साथमा रहेको आइफोन  र नगद ७ लाख रुपैयाँँ  जबरजस्ती लुटेर फरार भएको एसपी आचार्यले जानकारी दिएका छन् ।

अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेर  आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको एसपी आचार्यले बताए।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्