नेभिगेशन
नेपाल प्रहरी

हत्या गरेर फरार भएको २१ वर्षपछि विजयकुमार प्रहरीको नियन्त्रणमा

काठमाडौं । हत्या गरेर फरार भएको २१ वर्षपछि एक व्यक्ति पक्राउ परेका छन् । ललितपुरको एक रेस्टुरेन्टमा वि.सं.२०६० मा घातक हतियार प्रहार गरी भएको हत्या घटनामा फरार रहेका ४९ वर्षीय विजयकुमार फोम्बो (लिम्बु) लाई प्रहरीले पक्राउ गर्न सफल भएको हो।

साबिक तेह्रथुमको साबिक खाम्लालुङ गाविस–३ (हाल आठराई गाउँपालिका- २) का स्थायी बासिन्दा रहेका  ४९ वर्षीय विजयकुमार हाल काठमाडौँ महानगरपालिका - ९ गौशालामा बस्दै आएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।

ललितपुर प्रहरीका अनुसार  २०६० साल कात्तिक ९ गते राति  ललितपुर महानगरपालिका–१४ स्थित टाइटानिक रेस्टुरेन्टमा देउसी भैलो खेलिरहेका बेला ललितपुर उपमहानगरपालिका-१५ खुमलटारका २४ वर्षीय नोरबहादुर राउतलाई मदनबहादुर लिम्बु समेत ७ जनाको समूहले तरबार, रड लगायतका घातक हतियार प्रयोग गरी गम्भीर घाइते बनाएका थिए। उपचारका लागि वीर अस्पताल, काठमाडौँ लगिएका राउतको २०६० साल कात्तिक १० गते मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापश्चात् फरार रहेका प्रतिवादीमध्ये विजयकुमार फोम्बो कोटेश्वरमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी परिसर ललितपुरबाट खटिएको   विजयकुमारलाई नियन्त्रणमा लिन सफल भएको हो। 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्