नेभिगेशन
नेपाल प्रहरी

बलात्कारको आरोपमा रुकुम पश्चिमका ३५ वर्षीय युवक तुलसीपुरबाट पक्राउ

तुलसीपुर । दाङको तुलसीपुरमा ३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले ती महिलालाई बलात्कार गरेको आरोपमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका-११ घर भएर हाल तुलसीपुर-७ मा बस्दै आएका ३५ वर्षीय वीरबहादुर वलीलाई पक्राउ गरेक हो।

महिलाले आफूलाई वलीले बलात्कार गरेको उजुरी दिएका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

पक्राउ परेका वलीविरुद्ध जिल्ला अदालत दाङबाट आज  म्याद थप गरेर आबश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्