नेभिगेशन
नेपाल प्रहरी

उपत्यका भित्रका प्रहरी वृत्त र प्रभागका डीएसपी र इन्स्पेक्टरको ड्युटी आवर घटाउने निर्णय

काठमाडौं । अबदेखि काठमाडौँ उपत्यका भित्र रहेका  प्रहरी वृत्त र प्रहरी प्रभागका इन्चार्जको ‘ड्युटी आवर’  घट्ने  भएको छ। उपत्यका प्रहरी कार्यालयले प्रहरी वृत्त र प्रभागका इन्चार्ज 'डीएसपी र इन्स्पेक्टर' को ड्युटी आवर घटाउने निर्णय गरेको हो ।

यसअघि प्रहरी वृत्तमा इन्चार्ज डीएसपीहरु राति १२ बजेसम्म फिल्डमा खट्नुपर्ने व्यवस्था थियो भने प्रहरी प्रभागको कमान्ड गर्ने इन्स्पेक्टर पनि मध्यराति १२ बजेसम्म फिल्ड मा खटिने गरेका थिए । उपत्यका प्रहरी कार्यालयले उक्त समयलाई २ घण्टा घटाएको हो। 

उपत्यका प्रहरी कार्यालयले गरेको निर्णय अनुसार अब प्रहरी वृत्तका डीएसपी र प्रहरी प्रभागका इन्स्पेक्टर राति १० बजेपछि फिल्डमा खट्न नपर्ने भनिएको हो। अबेर रातसम्म फिल्डमा खटिदा कार्यबोझका कारण सेवाग्राहीलाई समय दिन नपाएको विश्लेषण गर्दै उक्त निर्णय उपत्यका प्रहरी कार्यालयले गरेको हो ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ड्युटी समय घटाइएको र कार्यान्वयन गराउन उपत्यकाभित्रका काठमाडौं ,ललितपुर र भक्तपुर प्रहरी परिसरलाई सर्कुलर गरिसकेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्