नेभिगेशन
नेपाल प्रहरी

सीआईबी स्थापनाको १५ वर्ष पूरा,१६ औं वर्षमा प्रवेश

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्थापना भएको १५ वर्ष पुरा भएको छ ।  नक्साल स्थित प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम आज आयोजना गरेर ब्युरोले आफ्नो स्थापना दिवस मनाएको हो ।

प्रहरी प्रमुख आईजीपी दिपक थापाले ब्युरोको स्थापना दिवसको उद्घाटन गरेका हुन् । सीआईबी विशिष्टीकृत इकाई भएको हुनाले त्यहाँ काम गर्ने प्रहरी कर्मचारी उच्च व्यावसायिक, नैतिकवान् र चरित्रवान् हुनुपर्ने आईजीपी थापाले बताए । ब्युरोले प्रकाशन गरेको सीआईबी म्यागेजिन आईजीपी थापाले विमोचन गरेका छन् ।

ब्युरो २०६७ साल साउन १ मा स्थापना भएको थियो । ब्युरोका प्रथम निर्देशक पूर्व एआईजी राजेन्द्र सिंह भण्डारी हुन् ।

पूर्व आईजीपी तथा ब्युरोका पूर्व प्रमुख उपेन्द्रकान्त अर्यालले ब्युरोले जेटको स्पिडमा काम सुरु गरेको बताए। उनले भने, ‘व्यावसायिक धर्म नछाड्ने अधिकृत नै अनुसन्धानमा सफल हुन्छन् ।

सीआईबी मातहतमा हाल मानव बेचबिखन ब्युरो, लागुऔषध नियन्त्रण ब्युरो र साइबर ब्युरो रहेका छन् । पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले साइबर ब्युरोले विद्युतीय कारोबार ऐन–२०६३ को दफा ९४७० प्रयोग गरेर पत्रकारहरूलाई पनि हैरानी दिएको बताइन्। उनले भनिन्, ‘दफा (४७) पत्रकारको लागी आएको होइन। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्