नेभिगेशन
नेपाल प्रहरी

दाङका किसानसँग उधारोमा दर्जनौं राँगा र भैंँसी लिएर सम्पर्कविहीन भएका महोम्मद जमिल पक्राउ

दाङ दाङको दंगीशरण गाउँपालिका-४ स्थित   सुकदेवाका तीन जना किसानलाई प्रलोभनमा पारी उधारोमा राँगा तथा भैंसी खरिद गरी सम्पर्कविहीन भएका गढवाका महोम्मद जमिल मुलसमानलाई प्रहरीले पक्राउ गरेको छ।

सुकदेवा गाउँका किसान तेजमान चौधरी लगायतका तीन जना किसानलाई प्रलोभनमा पारेर ३ जोडी राँगा- भैंसी उधारोमा खरिद गरेर लगेपछि सम्पर्कविहीन बनेका मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार  गढवा गाउँपालिका-४ पर्सा गाउँका ४४ बर्षीय महोम्मद जमिललाई झन्डै पौंने ३ लाख ठगी गरेको जोहरीका आधारमा पक्राउ गरिएको हो ।

महोम्मद जमिलले राँगा - भैंसीको मूल्य भन्दा धेरै मूल्य कायम गरी सुकेदेवाका चौधरी समुदायका किसानलाई प्रलोभनमा पारेर उधारोमा २ लाख ८० हजारमा राँगा भैंसी खरिद गरेका थिए । किसानलाई झुक्याएर प्रलोभनमा पार्दै उधारोमा राँगा खदिर गरी लगेपछि महोम्मद जमिल सम्पर्कविहीन बनेका थिए ।

त्यसपछि पीडित किसानले जिल्ला प्रशासन कार्यालय घोराहीमा पुगेर महोम्मद जमिलबिरुद्ध असार २१ गते ठगी सम्बन्धी उजुरीका लागि निबेदन दिएका थिए ।प्रशासन कार्यालयले पीडित किसानले दिएको निबेदन जिल्ला प्रहरी कार्यालयमा आवश्यक कारबाहीका लागि भन्दै पठाएको थियो ।

प्रशासनले पठाएको पत्रका आधारमा जिल्ला प्रहरी कार्यालयबाट ठगी गरिएका भनिएका महोम्मद जमिललाई पटकपटक फोन सम्पर्क गरेको थियो । तर, जति पटक बोलाए पनि महोम्मद जमिल कहिलै प्रहरीको कार्यालयमा उपस्थित भएनन् ।

प्रलोभनमा पारी उधारोमा राँगा र भैंसी फुत्काएर सम्पर्कविहीन  भएका उनलाई खोजी गर्दै जाने क्रममा पीडित मध्यका तेजमान चौधरीले असार २२ गते लमही नगरपालिकाको रातोडाँडामा फेला पारी राँगाको पैशा मागेका थिए ।

महोम्मद जमिलले चौधरीलाई धकलपकल गरी पैसा नदिने भन्दै जे गर्न सक्छस गर?  भनेर धम्की दिएका थिए । त्यसपछि चौधरीले असार २५ गते जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर महोम्मद जमिलबिरुद्ध अभ्रद ब्यबहार कसुरमा किटानी जाहेरी दिएका थिए ।

जाहेरीका आधारमा खोजी गर्ने क्रममा प्रहरीले महोम्मद जमिललाई जिल्लाको गढवा क्षेत्रवाट असार ३२ गते नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।उनीमाथि आवश्यक अनुसन्धान भइ रहेको हुँदा प्रहरीले थप अरु कोही उनीबाट पीडित भए जाहेरी लिएर आउन आग्रह गरेको छ ।bपक्राउ परेका महोम्मद जमिलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्