नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जबाट १७ ग्राम खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

निरक बिक/ बाँके ।  लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले नेपालगन्जबाट खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।

ठुलो परिमाणमा लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले १७ गाम खैरो हेरोइनसहित नेपालगन्ज-१४ का २३ वर्षीय अजय कुमार खटिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

बाँके प्रहरीका अनुसार शनिबार अपराह्न साढे ४ बजे १७ ग्राम खैरो हेरोइन बोकेर बसेका अजयलाई नेपालगन्ज-१३ नम्बर वडा कार्यालय जाने बाटोमा रहेको  पेट्रोल पछाडिबाट नियन्त्रणमा लिइएको थियो। उनको साथबाट एक थान मोबाइल समेत मोबाइल बरामद गरिएको छ।

खैरो हेरोइनसहित पक्राउ परेका अजयलाई लागुऔषध नियन्त्रण ब्यूरोले जिल्ला प्रहरी कार्यालयलाई बुझाएर थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्