नेभिगेशन
नेपाल प्रहरी

ताहाचलको जुवाखालबाट १ लाख ३५ हजार नगदसहित ५ जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले जुवाखालबाट ५ जना जुवाडेहरुलाई नियन्त्रणमा लिएको छ। काठमाडौं महानगरपालिका-१३ ताहाचलको एक घरको जुवाखालबाट १ लाख ३५ हजार ३ सय रुपैयाँ र १४ बुक ताससहित ५ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

काठमाडौं प्रहरी परिसरका अनु पक्राउ पर्नेमा जिल्ला सर्लाहीको लालबन्दी नगरपालिका-११ घर भई हाल  काठमाडौं- १३ ताहाचल बस्ने ३२ वर्षीय बिम्मा छिरिङ दोर्जे थिङ, काभ्रेपलान्चोकको चौर देउराली गाउँपालिका- ३ घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका-३ गैरी गाउँ  बस्ने ४५ वर्षीय सोम बहादुर तामाङ  रहेका छन् ।

त्यसैगरी पक्राउ अन्य तीन जनामा काठमाडौंको शंखरापुर नगरपालिका- १ नालेभारे घर भएका  ४३ वर्षीय वाङ दोर्जे लामा,चन्द्रागिरी नगरपालिका- १३ नैकाप बस्ने ५० वर्षीय अमिर राज थापा र  नुवाकोटको बेलकोटगढी नगरपालिका- ५ घर भई हाल काठमाडौं महानगरपालिका- १५ डल्लु बस्ने ४२ वर्षीय परशुराम श्रेष्ठ रहेको काठमाडौं प्रहरीले जानकारी दिएको छ।

शुक्रबार साँझ पक्राउ परेका उनीहरुविरुद्द जुवा ऐन कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्