नेभिगेशन
नेपाल प्रहरी

बर्दियाबाट ३ दिनको फरकमा ५ जना ब्राउन सुगरसहित पक्राउ

बर्दिया । बर्दियाबाट ब्राउन सुगरसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले गुलरिया नगरपालिका-८ भादा चेक प्वाइन्टबाट अटोमा आउँदै गरेका दुई युवकलाई १ ग्राम २२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

बर्दिया प्रहरीका अनुसार आइतबार दिउँसो मोहमदपुरदेखि गुलरियातर्फ भे१ ह ६८७ नम्बरको अटोमा आउँदै गरेको अवस्थामा गुलरिया-९ टेपरी बस्ने ३० वर्षीय अबधेश यादव र सोही स्थानका ३२ वर्षीय विवेक गिरीलाई १ ग्राम २२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो।

पक्राउ परेका दुबै जनाविरुद्ध बर्दिया अदालतबाट ५ दिनको म्याद लिएर लागुऔषध कसुरमा थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

यसैगरी बर्दिया प्रहरीले शनिबार  गुलरिया नगरपालिका-७ का बदालपुरका ३१ वर्षीय  अशोक कुमार यादवलाई १ ह्राम १७० मिलिग्राम  र गुलरिया-४ का  ४३ वर्षीयराम प्रसाद रैसादलाई ११० मिलिग्राम ब्राउन सुगर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

बर्दिया प्रहरीले दिएको जानकारी अनुसार शनिबार  साँझ बढैयाताल गाउँपालिका-२ फुटाहबाट १ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले सोही गाउँपालिका ५ का १९ वर्षीय गौरव थारुलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको बर्दिया प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्