नेभिगेशन
नेपाल प्रहरी

२ किलो सुन र २४ लाख नगदसहित दुई चिनियाँ नागरिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ । प्रहरीले दुई जना चिनियाँ नागरिकलाई २ किलो सुन र २४ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौँको ठमेलबाट २ केजी सुन र नगदसहित चीनको सियाचिन घर भएकी ३४ वर्षीय सुमेई चोउ र ४६ वर्षीय चुनलिन थानलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट २ केजी सुन र २४ लाख नगद बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

ठमेलको होटेलबाट पक्राउ परेका चुनलिन थान डेढ महिनाअघि काठमाडौँमा आएर ठमेलस्थित होटलमा बसेका थिए । चोउ चाहिँ केही दिनअघि मात्र काठमाडौँ आएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

उनीहरू दुई जना प्रेमी प्रेमिका हुन् । सोमबार राति पक्राउ परेका आरोपीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्