नेभिगेशन
नेपाल प्रहरी

बर्दियाको फुटाहबाट ब्राउन सुगरसहित बाँकेको सिमलघारीका अशोक सुनार पक्राउ

बर्दिया। बर्दियाको बढैयातालबाट प्रहरीले ब्राउन सुगरसहित छिमेकी बाँके जिल्लाका एक युवकलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बढैयाताल गाउँपालिका-२ फुटाहबाट ३२० मिलिग्राम ब्राउनसुगर सहित बाँकेको खजुरा गाउँपालिका-६  सिमलघारीका ३१ वर्षीय अशोक सुनारलाई पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मैनापोखरको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अशोकलाई ब्राउन सुगरसहित पक्राउ गरेको थियो। 

पक्राउ परेका अशोकलाई बर्दिया जिल्ला अदालतबाट म्याद लिएर लागुऔषध कसुरमा थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्