नेभिगेशन
नेपाल प्रहरी

गृह मन्त्रालयको कर्मचारी भन्दै सरकारी जागिर लगाइदिने भनेर ठगी गर्ने गङ्गा हरि पक्राउ

काठमाडौँ । प्रहरी रेकर्डमा किर्ते र ठगीका ६ वटा मुद्दा चलेको भेटिएका आफूलाई गृह मन्त्रालयको कर्मचारी बताएर ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुलीको कमलामाई नगरपालिका-१३ घर भएर हाल नयाँ बानेश्वर बस्दै आएका ४६ वर्षीय गङ्गा हरि न्यौपानेलाई ठगी गरेको आरोपमा पक्राउ गरेको हो। उनलाई सिन्धुलीको भिमानबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन् ।

एसपी आचार्यका अनुसार पूर्व सैनिक रहेका गङ्गा हरिले आफूलाई गृह मन्त्रालयको कर्मचारी रामेछापको पकरबास घर भएकी एक महिलालाई गृह मन्त्रालयमा करारमा जागिर मिलाइदिन्छु भनेर ५० हजार असुलेको आरोपमा पक्राउ गरिएको हो।

एसपी आचार्यले दिएको जानकारी अनुसार सेनाबाट भागेपछि पक्राउ परेका उनी २०६९ भदौमा अदालतको फर्जी पत्र पेस गरेर कारागारबाट छुटेको भेटिएको छ ।

गङ्गा हरिले  सेनाको लेफ्टिनेन्ट र क्याप्टेन बनाउँछु भनेर उनले यसअघि पनि ठग्ने गरेको भेटिएको एसपी आचार्यले बताए। नख्खु कारागारबाट कैदी छुटाउँछु भनेर तथा भीआईपी कोटामा शान्ति सेनामा पठाउँछु भनेर उनले ठग्ने गरेको भेटिएको एसपी आचार्यले जानकारी दिएका छन् ।

पक्राउ परेका गङ्गा हरिसँग थप अनुसन्धान भइरहेको एसपी आचार्यले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्