नेभिगेशन
सुरक्षा विशेष

भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीप्रति सरकार गम्भीर देखिएन: सांसद कठायत

काठमाडौँ। भिजिट भिसाका नाममा मानव तस्करी भइरहेको भन्दै सांसद विनिता कठायतले सरकारले कुनै कदम चाल्न नसकेको आरोप लगाएकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद कठायतले भिजिट भिसाका नाममा भइरहेको संगठित भ्रष्टाचार र मानव तस्करीप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाएकी हुन्।

आजको संसद बैठकमा सांसद कठायतले मानव तस्करी जस्तो अन्तर्राष्ट्रिय अपराधलाई टालटुले समितिमार्फत दबाउन खोजिएको भन्दै सरकारप्रति आपत्ति जनाइन्। सांसद कठायतले भिजिट भिसा प्रकरणमा गठन गरिएको छानबिन समिति झारा टार्ने प्रयास मात्र भएको आरोप लगाउँदै न्यायिक आयोग वा संसदीय विशेष समिति गठन गर्न माग गरिन्।

कठायतले भनिन्, 'यस देशमा कानुन, न्याय, जवाफदेहीता र संवेदना के मरेर गएको हो तरु भिजिट भिसाको आवरणमा भइरहेको संगठित भ्रष्टाचार र मानव तस्करीको विषय यति लामो समयदेखि संसद र सडक दुवैमा उठ्दा पनि सरकार उदासीन छ।'

कठायतले मानव तस्करी जस्तो अन्तर्राष्ट्रिय अपराधमा संयुक्त राष्ट्र संघ मात्र होइन, मित्र राष्ट्रको पनि चासो बढेको र छिमेकी भारतका मिडियामा समेत यो विषयले प्रवेश पाएको बताइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्