नेभिगेशन
नेपाल प्रहरी

विदेश पठाउने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा घोराहीका टेकबहादुरसहित ५ जना पक्राउ

काठमाडौं।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ  ठगी गरेको आरोपमा प्रहरीले  ५ जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-९ बस्ने लमजुङको दुधपोखरी गाउँपालिका-४ घर भएका ३५ वर्षीय साजन गुरूङ, ललितपुरको महालक्ष्मी नगरपालिका-८ बस्ने रूपन्देहीको तिलोत्तमा नगरपालिका-१ घर भएका ३६ वर्षीय दिपक थापा, काठमाडौंको कागेश्वरी मनोहरा नगपालिका-५ बस्ने दाङको घोराही उपमहानगरपालिका-१५ घर भएका ४७ वर्षीय टेक बहादुर केसी, ललितपुर महानगरपालिका-२३ बस्ने स्याङ्जाको वालिङ नगरपालिका-७ घर भएका ५० वर्षीय भरत प्रसाद पाण्डे र भक्तपुरको मध्यपुर थिमी नगरपालिका-३ बस्ने पर्वतको विहादी गाउँपालिका-४ घर भएका ३८ वर्षीय प्रेम प्रसाद भुषाल रहेका छन् । 

पक्राउ परेकामध्ये साजनले जर्मनी पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख ८० हजार रूपैयाँ, दिपकले जर्जिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख रूपैयाँ, टेक बहादुरले ग्रीस पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २१ लाख रूपैयाँ, भरतले कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २० लाख रूपैयाँ र प्रेमले कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार साजन र टेक बहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट, दिपकलाई काठमाडौं महानगरपालिका-३० बाट र  भरत र प्रेमलाई ललितपुर महानगरपालिका-१५ बाट अपराध अनुसन्धान कार्यालयको टोलीले  पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्