नेभिगेशन
नेपाल प्रहरी

प्रहरीमा ४७ सय ३५ जना जनशक्ति रिक्त, २ हजार ७३ जना प्रहरी कारबाहीमा पर्दा सबैभन्दा बढी जवान

काठमाडौं । नेपाल प्रहरीमा हाल ४७ सय बढी जनशक्ति रिक्त रहेको छ। प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी बिनोद घिमिरेले  प्रहरीमा ४७ सय ३५ जना जनशक्ति रिक्त रहेको बताएका हुन् ।

आज प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत डीआईजी घिमिरेले प्रहरी संगठनमा जम्मा दरबन्दी ७९ हजार ५४१ रहेकोमा हाल ५.९५ प्रतिशत जनशक्ति रिक्त रहेको जानकारी दिएका छन् ।

डीआईजी घिमिरेका अनुसार नेपाल प्रहरीको जम्मा दरबन्दी ७९ हजार ५ सय ४१ रहेकोमा ५.९५ प्रतिशत रिक्त हुँदा  ४ हजार ७ सय ३५ जनशक्ति रिक्त भएको हो। हाल सिनियर प्रहरी अधिकृततर्फ आईजीपी,, एआईजीदेखि इन्स्पेक्टर सम्म प्रतिशतमा गणना गर्दा २.८४ रहेको छ ।

त्यसैगरी जुनियर प्रहरी अधिकृततर्फ वरिष्ठ सई देखि असईसम्म कुल जनशक्तिको १५.३५ प्रतिशत रहदा वरिष्ठ हवल्दारदेखि प्रहरीको कार्यालय सहयोगीसम्म ८१.८१ प्रतिशत जनशक्ति रहेको डीआईजी घिमिरेले बताए।

यस्तै नेपाल प्रहरीमा एक वर्षको अवधिमा २ हजार ७३ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । डीआईजी घिमिरेका अनुसार कारबाही पर्नेमा सबैभन्दा बढी प्रहरी जवान रहेका छन् । कारबाही पर्नेको कुल २०७३ मा ९२४ जना प्रहरी जवान मात्रै रहेको घिमिरेले बताए।

जवानपछि कारबाही पर्नेमा सबैभन्दा बढी  ४२० जना सहायक हवल्दार,३४५ प्रहरी हवल्दार,६० वरिष्ठ हवल्दार,१७३ जना असई,६९ जना सई र ३९ कार्यालय सहयोगी रहेको डीआईजी घिमिरेले जानकारी दिएका छन् ।

उनका अनुसार ९ वरिष्ठ सई, ३० जना  इन्स्पेक्टर, ३ जना डीएसपी र एक जना एसएसपी कारबाही परेका छन।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्