नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जबाट ब्राउन सुगर लिएर कैलाली जाँदै गरेका दुई युवक बर्दिया प्रहरीको नियन्त्रणमा

बर्दिया । ब्राउन सुगर लिएर सुदूरपश्चिमस्थित कैलाली जाँदै गरेका दुई युवकलाई बर्दिया प्रहरीले नियन्त्रणमा लिएको छ। 

ब्राउन सुगरसहित पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका-१ बस्ने १८ वर्षीय लक्ष्मण रावल र सोही गाउँपालिका-२ का १८ वर्षीय लक्ष्मण साउँद रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार नेपालगन्जबाट कैलालीतर्फ जाँदै गरेको अवस्थामा उनीहरुलाई मधुवन नगरपालिका-८ लालिबजारबाट ५९० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय सानोश्रीले पक्राउ गरेको हो।

गुलरिया हुँदै राजापुर भएर कैलाली जाने क्रममा उनीहरुलाई चेकजाँचका क्रममा भे ६ प ६२२८ नम्बरको स्कुटर चालक रावल र स्कुटर सवार साउँदको साथबाट उक्त परिमाणमा ब्राउन सुगर फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

आइतबार राति ब्राउन सुगरसहित पक्राउ परेका दुबै जनालाई बर्दिया जिल्ला अदालतबाट म्याद दिनको म्याद लिएर लागुऔषध कसुरमा इलाका प्रहरी कार्यालय ढोढरीले अनुसन्धान अगाडि बढाएको बर्दिया प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर डम्बर पालले बताए।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्