नेभिगेशन
नेपाल प्रहरी

तुलसीपुरको मोतिपुरबाट ब्राउन सुगरसहित पैयाँवारीका १८ वर्षीय किशोर पक्राउ

दाङ। दाङको तुलसीपुरबाट प्रहरीले ब्राउन सुगरसहित १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले तुलसीपुर उपमहानगरपालिका-७ मोतिपुरबाट ४२० मिलिग्राम  ब्राउन सुगरसहित सल्यानको कपुरकोट गाउँपालिका-३ पैयाँवारीका १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उक्त गिरोहका अन्य दुई जना फरार रहेका छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

ती किशोरसँग लागुऔषध कसुर थप अनुसन्धान जारी रहेको बताउँदै आज दाङ जिल्ला अदालतबाट म्याद गरिने इलाका प्रहरी तुलसीपुरले जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्