नेभिगेशन
नेपाल प्रहरी

कम्बोडिया पठाउने भन्दै लाखौं रुपैयाँ लिएर सम्पर्कबिहीन भएका बुद्धि बहादुर पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिकामा बस्दै आएका कञ्चनपुरक पुनर्वास नगरपालिका-१ घर भएका ३४ वर्षीय बुद्धि बहादुर तामाङ रहेका छन् ।

तामाङले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर गोदावरी नगरपालिका-१० बाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्