नेभिगेशन
नेपाल प्रहरी

आज ४ घन्टाका लागि प्रहरी कन्ट्रोलको इमर्जेन्सी '१००' नम्बर अवरुद्ध हुँदै

काठमाडौं । प्रहरी कन्ट्रोलको इमर्जेन्सी '१००' नम्बर आज केही समयका लागि अवरुद्ध हुने भएको छ।प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै आज ४ घन्टाका लागि १०० नम्बर अवरुद्ध हुने जानकारी दिएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार भद्रकालीमा रहेको नवनिर्मित प्रहरी परिचालन कक्षको मर्मत कार्य हुने भएका कारण आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि इमर्जेन्सी १०० नम्बरको सेवा अवरुद्ध हुने लागेको हो।

उक्त सेवा अवरुद्ध हुँदा उपत्यका प्रहरी कार्यालय तल दिइएका नम्बरमा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्