नेभिगेशन
नेपाल प्रहरी

बर्दियाको बढैयातालबाट ४ ग्राम बढी ब्राउन सुगरसहित भारतीय महिला पक्राउ

बर्दिया बर्दियाबाट ब्राउन सुगरसहित प्रहरीले एक भारतीय महिला कारोबारीलाई पक्राउ गरेको छ।

आज दिउँसो बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट ४ ग्राम ९४० मिलिग्राम ब्राउन सुगरसहित भारतको बहराईच जिल्लास्थित मोतिपुर थाना बलैगाउँकी ५० वर्षीयजआ गदैया देबी थारूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार आज दिउँसो १ बजे बर्दियामा ब्राउन सुगर पुर्‍याउण आउँदै गरेको अवस्थामा प्रहरी चौकी कालिकाको टोलीले गदैया देबीलाई उक्त परिमाणको ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेकी गदैया देबीविरुद्ध बर्दिया जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर लागुऔषध कसुरमा अनुसन्धान अगाडि वढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्