नेभिगेशन
नेपाल प्रहरी

काठमाडौंमा सुनका गहना बनाउने भारतीय नागरिकको आफ्नै मालिकबाट हत्या

काठमाडौं । काठमाडौंमा सुनका गहना बनाउने एक भारतीय नागरिकको आफ्नै मालिकबाट हत्या भएको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय  र काठमाडौँ प्रहरी  परिसरको संयुक्त टोलीले भारतको पश्चिम बंगालका ५५ वर्षीय सुब्रत पालको हत्या आरोपमा नुवाकोटको ककनी गाउँपालिका-२ का ४२ वर्षीय श्याम कालिकोटेलाई पक्राउ गरेको छ।

अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौँ-१२ स्थित नरदेवीमा श्यामले बुधबार बिहान ३ बजे सुनका गहना बनाउने सुब्रत पालको हत्या गरेका थिए। हत्या गरेको आरोपमा श्यामलाई गोङ्गबुबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन् ।

एसपी आचार्यका अनुसार नरदेवीमा फ्ल्याट लिएर बस्दै आएका सुब्रत पालका सहयोगीले सुब्रत पाल मृत अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ परेका श्यामले सुब्रत पाललाई फलामले टाउकोमा प्रहार गरेर हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा श्यामले आफू मालिक भए पनि सुब्रत पालले  त्यो अनुसारको व्यवहार नगरेको, होच्याएको निहुँमा हत्या गरेको आरोपीले बताएको एसपी आचार्यले जानकारी दिए।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्