नेभिगेशन
नेपाल प्रहरी

लागुऔषधसहित १८ जना कारोबारी प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना कारोबारीलाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार लागु औषधिसहित काठमाडौका विभिन्न स्थानबाट ९ जनालाई प्रहरीले पक्राउ गरेको हो।

त्यसैगरी कैलालीबाट प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको  छ भने पोखराबाट एक जनालाई लागु औषधसहितपक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

भक्तपुरबाट दुई  र नवलपरासी पूर्वबाट प्रहरीले एक जनालाई पक्राउ गर्दा बाराबाट १ सय ग्राम ब्राउन सुगरसहित एक जना युवकलाई पक्राउ गरेको छ भने कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको हो।

लागुऔषधसहित पक्राउ परेका १८ जनाविरुद्ध सम्बन्धित प्रहरी कार्यालय अनुसन्धान जारी राखेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्