नेभिगेशन
सुरक्षा विशेष

खटाएको ठाँउमा १ महिनासम्म नजाने गृह मन्त्रालयका २३ कर्मचारीलाई २४ घण्टे उर्दी

काठमाडौं । सरुवा पदस्थापन गरेर खटाइएको कार्यालयम एक महिनासम्म नजाने कर्मचारीलाई गृह मन्त्रालयले २४ घण्टे उर्दी जारी गरेको छ । 

गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाले निर्णय गर्दै खटाउन ठाँउमा जान २३ जना कर्मचारीलाई २४ घण्टे उर्दी जारी गरेको हो ।

मन्त्रालयले वेभ पोर्टलमा आज सूची सार्वजनिक गर्दै मन्त्रालयले १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई २४ घण्टे उर्दी जारी गरेको हो । 

खटाएको स्थानमा नजानेमा गत असार १६ गते निर्णय भएका १, असार १८ गते निर्णय भएका ७ र साउन ७ गते निर्णय भएका १० शाखा अधिकृत छन् भने साउन १८ गते निर्णय भएका ५ नायब सुब्बा रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"