नेभिगेशन
नेपाल प्रहरी

दाङमा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ

दाङ । दाङमा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा  घोराही उपमहानगरपालिका-१८ नवलपुर बस्ने २३ वर्षीय सन्तोष वली रहेको जिल्ला प्रह!कार्यालय दाङले जानकारी दिएको छ।

दाङ प्रहरीका अनुसार सन्तोषले ती बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

बिहीवार राति पक्राउ परेका सन्तोषविरुद्ध दाङ जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्