नेभिगेशन
नेपाल प्रहरी

कैद सजाय पाएका चोरी मुद्दाका फरार प्रतिवादी बर्दिया प्रहरीको नियन्त्रणमा

बर्दिया । फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिने क्रममा बर्दिया प्रहरीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार इलाका प्रहरी कार्यालय मैनापोखरले चोरी मुद्दामा फरार रहेका बढैयाताल गाउँपालिका-३ पुष्पनगरका २८ वर्षीय आदित्य परियारलाई पक्राउ गरेको हो।

चोरी मुद्दामा २०८१ भदौ २४ गते  बर्दिया जिल्ला अदालतबाट दोषी ठहर भएर ४ महिना २४ दिन कैद ,५ हजार रुपैयाँ जरिवाना र २ सय रुपैयाँ पीडित कोषमा जम्मा गर्ने आदेश आए लगत्तै फरार रहेका परियारलाई बढैयाताल गाउँपालिका-७ कर्णालीपुर स्थित नेपाल भारत बोर्डरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

पक्राउ परेका परियारलाई आवश्यक कैद भुक्तानका लागि बर्दिया जिल्ला अदालत पेश गरिएको बर्दिया प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्