नेभिगेशन
नेपाल प्रहरी

अमेरिका पठाउने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा मिना कुँवर पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ  ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२ बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका-५ घर भएकी ४८ वर्षीया मिना कुँवर रहेकी छिन् ।

मिनाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्