नेभिगेशन
सुरक्षा विशेष

कपिलवस्तु कारागारका कैदीबन्दीले मनाए रक्षाबन्धन

कपिलवस्तु । कपिलवस्तु कारागारमा रहेका कैदीबन्दीले आज जनैपूर्णिमाको अवसरमा हातमा राखी बाँधेर रक्षाबन्धन पर्व मनाएको कारागार प्रशासनले जनाएको छ ।

दिदीबहिनी र दाजुभाइबिचको प्रेम र स्नेहको प्रतिकका रुपमा रहेको यस पर्वका अवसरमा कैदीबन्दीले आफ्ना दिदीबहिनीको हातबाट राखी बाँधेर सामुहिक रुपमा रक्षाबन्धन मनाएका हुन् । 

तराई क्षेत्रमा विशेष महत्व दिएर मनाईने पर्व भएकोले आज कपिलवस्तु कारागारमा रहेका कैदीबन्दी दाजुभाई र उनिहरुका दिदीबहिनीबिचको मिलनको पल अत्यन्तै प्रतिक्षित रहेको थियो । 

कारागारमै रक्षाबन्धनको अवसर पाउँदा कैदीबन्दीहरु हर्षित छन् । हाल उक्त कारागारमा ४५१ पुरुष कैदीबन्दी रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्